एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२६ का लागि सिइओ सन्तोष प्रसाइको शुभकामना
- BFIS News
- 2026 Aug 25 22:13
काठमाडौं । सिजन मिडियाद्वारा आयोजना हुन लागेको सातौँ संस्करणको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२६ को भव्य सफलताको प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले शुभकामना दिएका छन्। उनि यस भन्दा अगाडीका अवार्ड विजेता हुन्।
उनले भने 'व्यवसाय, पेशा तथा समाजमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्ति तथा व्यावसायिक व्यक्तित्वहरूको योगदानलाई सम्मान र कदर गर्ने यस प्रतिष्ठित कार्यक्रमले उत्कृष्टता र उपलब्धिलाई थप प्रोत्साहन गर्ने विश्वास लिएको छु।'
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२६ ले आगामी दिनमा अझ व्यापक सफलता हासिल गर्दै निरन्तरता पाओस् र नयाँ उचाइ प्राप्त गरोस् उनले थपे, यस कार्यक्रमले समाजमा उत्कृष्ट कार्य तथा उपलब्धिका लागि प्रेरणा र प्रोत्साहन प्रदान गर्दै जाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस वर्ष अवार्डको सातौँ संस्करण आयोजना हुँदैछ। सिजन मिडिया नेपालको १८ औँ वार्षिकोत्सवको अवसरमा आगामी सेप्टेम्बर ५, २०२६ मा काठमाडौंमा अवार्ड समारोह आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
समारोहमा नेपालसहित एसियाका विभिन्न मुलुकका उद्यमी, व्यवसायी, पेशाकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिनेछ। व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य व्यावसायिक क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमको तयारी गरिएको छ।
सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार आफ्नो क्षेत्रमा एक दशकभन्दा बढी समय समर्पित रही व्यावसायिक तथा सामाजिक योगदान गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको छ। उनका अनुसार यस्तो सम्मानले स्थापित पेशाकर्मीको उपलब्धिलाई कदर गर्नुका साथै नयाँ पुस्तालाई उत्कृष्टता, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यस वर्षको समारोहमा भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, नेपाल, चीन, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, म्यानमार, मलेसिया, इन्डोनेसिया, कम्बोडियालगायत एसियाली मुलुकबाट प्रतिनिधि, सम्मानित व्यक्तित्व तथा अतिथिको सहभागिता रहने अपेक्षा गरिएको छ। यसले अवार्डलाई व्यावसायिक उपलब्धिको सम्मानसँगै क्षेत्रीय नेटवर्किङ, सहकार्य र अनुभव आदानप्रदानको अन्तर्राष्ट्रिय मञ्चका रूपमा समेत विकास गर्ने आयोजकको अपेक्षा छ।
*सच्याइएको: समाचारको प्रस्तुतिकरणमा भएको गल्ति प्रति क्षमायाचना गर्दै अन्यथा भएककोमा सच्याइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया