Nepal Life

कीर्तिपुर–मध्यपुर ठिमी क्षेत्रमा पाइप सञ्जाल विस्तारका लागि ७ अर्ब २६ करोड विनियोजन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 29 17:25
कीर्तिपुर–मध्यपुर ठिमी क्षेत्रमा पाइप सञ्जाल विस्तारका लागि ७ अर्ब २६ करोड विनियोजन

काठमाडौं । सरकारले कीर्तिपुर–मध्यपुर ठिमी लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा खानेपानी पाइप सञ्जाल विस्तारका लागि ७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ ।

 

Nepal Life
NIMB

स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कीर्तिपुर, मध्यपुर ठिमी, जोरपाटी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मी क्षेत्रमा पाइप सञ्जाल विस्तारको काम सुरु गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले उक्त आयोजनामार्फत उपत्यकाका विभिन्न क्षेत्रमा खानेपानी आपूर्ति व्यवस्थालाई थप विस्तार र सुदृढ बनाइने बताउनुभयो ।

यसैगरी, आगामी आर्थिक वर्षमा याङ्ग्री खोला र लोर्क खोला बाट मेलम्ची मा पानी पथान्तरण गर्ने योजनाका लागि आवश्यक अध्ययन सम्पन्न गरिने पनि उहाँले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया