NIMB Header 2
Nepal Life

पोखरा र गौतमबुद्ध विमानस्थल निजी साझेदारीमा सञ्चालन गर्ने सरकारको योजना

IME LIFE
  • BFIS News
  • 2026 May 29 18:46
पोखरा र गौतमबुद्ध विमानस्थल निजी साझेदारीमा सञ्चालन गर्ने सरकारको योजना
United Ajod

काठमाडौं । सरकारले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्ने नीति अघि सारेको छ।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले यी दुवै विमानस्थलको व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउन सार्वजनिक–निजी साझेदारीको मोडेल अपनाइने जनाएको हो।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसदमा बजेट प्रस्तुत गर्दै दुवै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

बजेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल को स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै, निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक मोडालिटी आगामी ६ महिनाभित्र तय गरिने सरकारको योजना छ।

सरकारले भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्ने तथा सुर्खेत विमानस्थल, ताल्चा विमानस्थल र टरिगाउँ विमानस्थल को स्तरोन्नति गर्ने कार्यक्रम पनि अघि सारेको छ।

पर्यटन तथा सांस्कृतिक पूर्वाधार विकासअन्तर्गत तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्राम क्षेत्रको बृहत्तर विकास गरिने उल्लेख गरिएको छ। लुम्बिनी विकास कोष सम्बन्धी कार्यक्रमका लागि ८३ करोड रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ।

त्यसैगरी, जनकपुरधाम लाई ‘विवाह गन्तव्य’का रूपमा विकास गर्ने, रामजानकी पथ स्तरोन्नति गर्ने तथा गोकर्णेश्वर सहितका ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने सरकारको योजना छ।

सरकारले खप्तड, बडिमालिका, रारा ताल र स्वर्गद्वारी लाई समेटेर ‘डाँफे रुट’ विकास गर्ने योजना पनि सार्वजनिक गरेको छ। साथै, नयाँ हिमाली पदमार्ग विस्तार गर्ने तथा ६ हजार मिटरभन्दा माथिका नामकरण नभएका हिमाल आरोहणका लागि खुला गर्ने नीति लिइएको छ।

आयुर्वेद, योग तथा उच्च हिमाली क्षेत्रसँग सम्बन्धित सेवामार्फत स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले १० अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया