Nepal Life

मर्जर पछि कर्मचारीको क्षमता अभिबृद्धि गर्दै सगरमाथा लुम्बिनी, मधेश प्रदेशका कर्मचारीले पाए तालिम

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 18:04
मर्जर पछि कर्मचारीको क्षमता अभिबृद्धि गर्दै सगरमाथा लुम्बिनी, मधेश प्रदेशका कर्मचारीले पाए तालिम
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेशको राजधानी जनकपुरमा यहि असोज २६ र २७ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ४० भन्दा धेरै कर्मचारीको उपस्थिति थियो ।

NIMB

कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कम्पनीका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

उक्त प्रस्तुतिकरणका विषयले कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सगरमाथाले बजार विस्तारलाई पहिलो प्राथमिकता दिएको छ । बजार विस्तारमा सबैभन्दा ठुलो भुमिका कर्मचारीकै हुन्छ । यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभइ प्रदेश स्तरका कर्मचारीलाई पनि उत्तीकै दक्ष बनाउने रणनीति बनाएको छ ।

बीमा कम्पनीहरु काठमाडौं तथा केहि प्रमुख शहररुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पछि आफ्नो स्ट्रेन्थलाई उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । सगरमाथाले पनि ग्रामिण क्षेत्रमा आफ्नो बजार विस्तार गरिरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया