Nepal Life

प्रचलित कानुनी व्यवस्थाकै आधारमा प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएका हौ : बीमा प्राधिकरण

National Life
  • BFIS News
  • 2023 Oct Mon 18:19
प्रचलित कानुनी व्यवस्थाकै आधारमा प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएका हौ : बीमा प्राधिकरण
RBB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रचलित कानुनी व्यवस्थाकै आधारमा चार जीवन बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएको स्पष्टिकरण दिएको छ । केहि लगानीकर्ताले नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले गैरकानुनी रुपमा प्रिमियममा आइपिओ निष्काशन गर्न दिएको भन्दै उजुरी हालेको सूचनालाई आधार मानेर सञ्चार माध्यमले भ्रामक रुपमा समाचार सम्प्रेषण गरे पछि औपचारिक रुपमै स्पष्टिकरण दिएको हो ।

NIMB

बीमा प्राधिकरणले भनेको छ, 'नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।'

बीमकहरू आईएमई लाइफ इन्स्योरेन्स लि, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि, सन नेपाल लाइफ इन्स्योरेन्स लि. र सिटिजन लाइफ इन्स्योरेन्स लि. समेत ४ वटालाई प्रिमियममा शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति दिइएको र बीमा ऐन, २०७९ को दफा ४५ को विवरणपत्र तथा शेयर निष्काशन सम्बन्धी व्यवस्थाको उपदफा (५) मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले सर्वसाधारणबाट शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा शेयरको अङ्कित मूल्यको शत प्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने कानूनी व्यवस्था रहेको प्राधिकरणले प्रष्ट पारेको छ । 

यस्तो व्यवस्थालाई अपब्याख्या गर्दै प्रिमियममा शेयर निकाशनको स्वीकृति दिनु नहुने भनी कुप्रचार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, बीमकहरूप्रति अविश्वास पैदा गर्ने, लगानीकर्ताहरुलाई भ्रममा राख्ने र नियामक निकायको काम कारवाहीप्रति अविश्वास पैदा गर्ने दूषित मनसायले निहित स्वार्थ समूहहरूबाट भएका त्यस्ता अनर्गल दुष्प्रचारमा नपर्न र कसैको बहकाउमा नलाग्न बीमक, बीमित, लगानीकर्ता तथा सर्वसाधारण लगायत सम्बन्धित सबैलाई प्राधिकरण आग्रह गरेको छ । 

बीमा ऐन, २०७९ को दफा ४४ को उपदफा (५) मा ‘बीमकको शेयरको बाँडफाँड तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित सङ्घिय कानून बमोजिम हुने’ उल्लेख भएको, धितोपत्र ऐन, २०६३ बमोजिम धितोपत्र बोर्ड नेपालले जारी गरेको धितोपत्र निष्काशन नियमावली, २०७३ को दफा २५ तथा कम्पनी ऐन, २०६३ को दफा २९ बमोजिम प्रिमियममा  शेयर जारी गर्न सक्ने व्यवस्था सम्बन्धी शर्तहरू पूरा गरेका बीमकहरूलाई सर्वसाधारणका लागि छुट्याइएको शेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न प्राधिकरणबाट कानून बमोजिम सैद्धान्तिक स्वीकृति दिइएको भन्दै प्राधिकरणले स्पष्ट पारेको छ । 

नियमनकारी निकायहरूको सुशासनयुक्त कार्य प्रणालीप्रति प्रश्न उठाई केही स्वार्थ समूहले विद्यमान कानूनको अपव्याख्या गरी मन गढन्तेरूपले गर्दै आएको दुष्प्रचारप्रति प्राधिकरणले घोर आपत्ति प्रकट गरेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया