पाँचदिने भारत भ्रमणमा आज प्रस्थान गर्दै रास्वपा सभापति रवि लामिछाने
- BFIS News
- 2026 Jun 01 08:33
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाँचदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा हुन लागेको भ्रमण जेठ २२ गतेसम्म चल्ने जनाइएको छ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी रहनेछन्।
रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै भारतस्थित नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्ने कार्यसूची तय भएको छ।
भेटवार्ता, छलफल तथा अन्य भ्रमण कार्यक्रमको समन्वय नेपालको दूतावास, नयाँ दिल्ली मार्फत भइरहेको रास्वपाले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.png)





प्रतिक्रिया