NIMB Header 2
Nepal Life

बजेटका लक्ष्यअनुसार तरलता र मुद्रास्फीति व्यवस्थापन गरिन्छ : राष्ट्र बैंक

IME LIFE
  • BFIS News
  • 2026 Jun 01 12:44
बजेटका लक्ष्यअनुसार तरलता र मुद्रास्फीति व्यवस्थापन गरिन्छ : राष्ट्र बैंक
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेल ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्यअनुसार आवश्यक मौद्रिक नीति तथा तरलता व्यवस्थापन गरिने बताउनुभएको छ।

 

Nepal Life
NIMB

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उहाँले वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्न महत्वाकांक्षी बजेट आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार बजेटले सुशासन, डिजिटाइजेसन र विद्युतीकरणलाई प्राथमिकता दिएकाले प्रशासनिक सुधारसँगै आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

पौडेलले बजेटमा साना कर्जाको मूल्याङ्कन आर्थिक कारोबार र क्रेडिट स्कोरका आधारमा गर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै राष्ट्र बैंक यस दिशामा काम गरिरहेको बताउनुभयो। फिनटेक मार्केटप्लेसको अवधारणालाई समेत बजेटले समेटेकाले त्यसको कार्यान्वयन अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले उपभोग वृद्धि गर्न हायर पर्चेजमार्फत विभिन्न उपभोग्य वस्तु खरिदका लागि ऋण सुविधा विस्तार गर्ने तथा सहुलियतपूर्ण कर्जालाई अझ प्रभावकारी बनाउने प्रयास बजेटमा गरिएको बताउनुभयो।

कार्यक्रममा उहाँले एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने विषय लामो समयदेखि प्रक्रियामा रहेकामा बजेटले स्पष्ट समयसीमा तोकेर अघि बढाएको भन्दै स्वागत गर्नुभयो। निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा यसले सहयोग पुग्ने उहाँको भनाइ थियो।

यस्तै, बजेटमा समावेश गरिएको सोभरेन वेल्थ फन्डको अवधारणाबारे बोल्दै पौडेलले बढ्दो विदेशी मुद्रा सञ्चितिको प्रभावकारी उपयोगका लागि स्पष्ट कार्यविधि बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले नेपालको विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत रेमिट्यान्स भएकाले त्यसको व्यवस्थापनमा विशेष सावधानी आवश्यक रहेको बताउँदै सेवा निर्यात विस्तार गरेर विदेशी मुद्रा आर्जन बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया