तेस्रो पक्ष बीमा रकम दोब्बर, निर्जीवन बीमा व्यवसाय बढ्ने अपेक्षा
- BFIS News
- 2026 Jun 01 12:48
काठमाडौं, जेठ १८ — सरकारले आगामी आर्थिक वर्षदेखि सवारी साधनको तेस्रो पक्ष बीमाको अधिकतम दाबी रकम ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ कायम गरेपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत तेस्रो पक्ष बीमाको सीमा वृद्धि गर्ने घोषणा गर्नुभएको हो। बीमा रकम बढेसँगै कम्पनीहरूको जोखिम पनि बढ्ने भएकाले प्रिमियम दरसमेत बढ्न सक्ने अनुमान गरिएको छ। यसले विशेषगरी सार्वजनिक यातायात, ट्रक, बस, माइक्रोबस तथा ट्याक्सी व्यवसायीलाई थप आर्थिक भार पर्ने देखिएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमाबाट १२ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नयाँ व्यवस्थापछि मोटर बीमा क्षेत्रको कारोबार थप विस्तार हुने अपेक्षा गरिएको छ।
नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवारले लामो समयदेखि कार्यान्वयन हुन नसकेको विषयमा सरकारले ध्यान दिएको बताउँदै यसको प्रभावबारे यातायात क्षेत्रसँग पनि छलफल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया