NIMB Header 2
Nepal Life

१ करोडसम्मका विद्युतीय गाडी विलासिताका वस्तु हुन् : अर्थमन्त्री वाग्ले

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 01 13:01
१ करोडसम्मका विद्युतीय गाडी विलासिताका वस्तु हुन् : अर्थमन्त्री वाग्ले
United Ajod

काठमाडौँ, जेठ १६ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले १ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन (ईभी) प्रयोग गर्नु विलासिताको विषय भएको बताउनुभएको छ।

 

Nepal Life
NIMB

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उहाँले विद्युतीय गाडीमा कर पुनर्संरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अर्थमन्त्री वाग्लेका अनुसार ५० लाख रुपैयाँसम्म मूल्यका विद्युतीय गाडीमा मूल्य वृद्धि नहुने र केही अवस्थामा मूल्य घट्न सक्ने अवस्था रहेको छ। उहाँले विगतमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढाउन व्यापक कर छुट दिइएको भए पनि अहिले बजार विस्तार भइसकेकाले आवश्यकता अनुसार कर समायोजन गरिएको बताउनुभयो।

“अहिले १ करोडसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो, यो सबैले स्वीकार गर्नुपर्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउने नीति अपनाइएको हो भने त्यसभन्दा माथिका सवारीमा कर समायोजन गर्दा आम उपभोक्तामा ठूलो असर नपर्ने आकलन गरिएको छ।

अर्थमन्त्री वाग्लेले विद्युतीय गाडी आयातमा किलोवाट (kW) का आधारमा कर निर्धारण गर्दा विभिन्न जटिलता देखिएको र महालेखापरीक्षकको कार्यालयबाट समेत प्रश्न उठेपछि अब मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्था ल्याइएको बताउनुभयो। यसबाट अटो व्यवसायीलाई समेत सहजता हुने उहाँको भनाइ थियो।

साथै उहाँले विद्युतीय सवारी पूर्ण रूपमा ‘स्वच्छ ऊर्जा’ मा आधारित समाधान नभएको उल्लेख गर्दै ब्याट्रीको व्यवस्थापन तथा पुनःप्रयोग (battery disposal and recycling) भविष्यको चुनौतीपूर्ण विषय रहेको धारणा राख्नुभयो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया