नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले तीन दिनमै गाडी कर्जा दिने, ५.१३ प्रतिशत ब्याजदरमै अफर
- BFIS News
- 2026 Aug 25 22:26
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.१३ प्रतिशत वार्षिक ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको योजनामा कर्जाको प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।
योजनाअन्तर्गत आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकताहरू पूरा भएको अवस्थामा ३ कार्यदिनभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको छ। यसबाट नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकले प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क र शीघ्र कर्जा प्रवाहको सुविधा प्राप्त गर्ने बैंकको अपेक्षा छ।
बैंकका अनुसार उक्त विशेष सुविधा सीमित अवधिका लागि मात्र लागू हुनेछ। ग्राहकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभर रहेका शाखामार्फत यो गाडी कर्जा योजनाको सुविधा लिन सक्नेछन्।
बैंकले सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले प्रतिस्पर्धी ब्याजदर र छिटो कर्जा प्रवाहलाई योजनाको प्रमुख विशेषताका रूपमा अघि सारेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया