टिप्परको ठक्करबाट बाबु-छोराको मृत्यु
- BFIS News
- 2026 Jun 01 14:14
काठमाडौं। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।
सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन् । सोमबार बिहान ६ बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया