बजेट पछि शेयर बजारमा पहिरो, प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले अन्योलता बढ्यो
- BFIS News
- 2026 Jun 01 15:05
काठमाडौं। बजेट अगाडी हौसिएका लगानीकर्ता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत पूँजीगत लाभकर बढाउने कदम सँगै शेयर बजारमा ओरालो यात्रा सुरु भएको छ। यहि विचमा प्रधानमन्त्री बालेन्द्र शाहको विवादस्पद सिमा अभिव्यक्तिले थप अन्योलता सिर्जना गरिदिएको छ।
बालेन शाह प्रति जनताको ठुलो आशा र अपेक्षा छन्। तर उनकै व्यक्तिगत कार्यशैलीले अहिले देश दुर्घटनाको संघारमा पुगेको छ। आज उनको अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलका नेताले विरोध जनाउदै संसद नै अवरोध गरेका छन्।
सोमबार नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ। बजेट मार्फत जनताको ढाड सकिने गरि कर बढेको छ। सरकारले नियिमित उपभोगको विद्युतमा भ्याट थोपरेको छ। अर्थतन्त्रलाई कन्फिडेन्स दिने शेयर बजारमै सरकारले पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत पुर्याएको छ। यसै विचमा सरकारले यस करलाई अन्तिम करको रुपमा गणना गर्ने सुविधा पनि दिएको छ। यस सँगै अव जुनसुकै आम्दानी गर्ने व्यक्तिहरु पनि हौसिने छन्। एकातिर सकारात्मक देखिदै गर्दा अन्य पक्षमा नकारात्मक कुराले शेयर बजार भने घट्न पुगेको छ।
सोमबार नेप्से परिसूचक २७.७२ अंकले घटेको छ। २७५५.३७ अंकमा झर्दा कारोबार रकम भने ५ अर्ब ६१ करोडको भएको छ। यहि परिवेशमा अवको दिनमा शेयर बजारमा खासै उत्साह नदेखिने बजार विश्लेषकहरुको विश्लेषण छ। बजार विश्लेषकहरुका अनुसार अवको केहि समय साइडवेजमै चल्ने देखिएको छ। अवको केहि समय बजारमा चामत्कारिक सुधार आउने अवस्था पनि छैन।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया