NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको आर्थिक सहयोगमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि हस्तान्तरण

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 12:15
सिद्धार्थ बैंकको आर्थिक सहयोगमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि हस्तान्तरण
United Ajod

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको पुनर्निर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। भूकम्पबाट क्षतिग्रस्त भएको उक्त विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएपछि सोमबार आयोजित कार्यक्रममा औपचारिक रूपमा विद्यालय व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिएको हो।

Nepal Life
NIMB

वि.सं. २०८० साल कार्तिक १७ गते गएको भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि सिद्धार्थ बैंकको सहयोगमा भवन पुनर्निर्माण गरिएको थियो। नवनिर्मित भवनमा सुलभ पहुँचयुक्त शौचालयको समेत व्यवस्था गरिएको बैंकले जनाएको छ।

आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हसेबहादुर खड्कालाई भवन हस्तान्तरण गरेका थिए।

समारोहमा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मानन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नम्बर १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवनको पुनर्निर्माणलाई केवल भौतिक संरचना निर्माणको रूपमा मात्र नहेर्न आग्रह गरे। उनले यसले भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षामार्फत समाज रूपान्तरणको साझा उद्देश्यलाई प्रतिविम्बित गर्ने बताए।

उनका अनुसार विद्यालय शैक्षिक गतिविधिको केन्द्र मात्र नभई भावी पुस्ताको निर्माणस्थल पनि भएकाले बालबालिकालाई गुणस्तरीय, समावेशी र सीपमूलक शिक्षा प्रदान गर्न सुरक्षित शैक्षिक पूर्वाधार आवश्यक हुन्छ। यही उद्देश्यअनुरूप भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले उल्लेख गरे।

बैंकले पुनर्निर्मित भवनले विद्यार्थीहरूको सुरक्षित तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्नुका साथै शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन, नियमित पठनपाठन सञ्चालन गर्न र समग्र शैक्षिक वातावरण सुदृढ गर्न योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, सामाजिक विकास तथा समुदाय केन्द्रित विभिन्न कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया