NIMB Header 2
Nepal Life

बीमा प्राधिकरण अध्यक्ष पदका लागि करिब दुई दर्जनको आवेदन

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 12:23
बीमा प्राधिकरण अध्यक्ष पदका लागि करिब दुई दर्जनको आवेदन
United Ajod

काठमाडौं, जेठ १९ । नेपाल बीमा प्राधिकरण को अध्यक्ष पदका लागि हालसम्म करिब दुई दर्जन उम्मेदवारले आवेदन दिएका छन्।

Nepal Life
NIMB

अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार अपराह्न ५ बजेसम्म करिब दुई दर्जन आवेदन दर्ता भएका छन्। आवेदन दिने अन्तिम मिति जेठ १९ गते (मंगलबार) रहेको छ। अन्तिम दिनसम्म ४० भन्दा बढी आवेदन पर्न सक्ने अनुमान गरिएको छ।

अध्यक्ष पदका लागि बीमा क्षेत्रका उच्च तहका अधिकारी, बीमा विषयका अध्यापक तथा विज्ञ, पूर्व प्रशासक र नियामक निकायका पूर्व उच्च अधिकारीहरूले आवेदन दिएको जनाइएको छ। यद्यपि, आवेदनकर्ताहरूको नामावली अर्थ मन्त्रालयले सार्वजनिक गरेको छैन।

अध्यक्ष छनोटका लागि डा. गुणाकर भट्ट को संयोजकत्वमा छनोट समिति गठन गरिएको छ। समितिमा घनश्याम उपाध्याय र प्रा.डा. फत्त बहादुर केसी सदस्य रहेका छन्।

छनोट समितिले प्राप्त आवेदनको मूल्याङ्कन गरी सर्टलिस्टमा परेका उम्मेदवारमध्ये पाँच जनासँग कार्यक्षमता परीक्षण तथा प्रस्तुतीकरण लिनेछ। त्यसपछि उत्कृष्ट तीन जनाको नाम नेपाल सरकारसमक्ष सिफारिस गरिनेछ र तीमध्ये एक जनालाई अध्यक्ष नियुक्त गरिने व्यवस्था छ।

अध्यक्षको कार्यकाल भने अझै स्पष्ट भइसकेको छैन। पूर्व अध्यक्ष शरद ओझा को नियुक्ति सम्बन्धी कानुनी प्रक्रियाको अन्तिम निर्णयका आधारमा नयाँ अध्यक्षले पूर्ण चार वर्ष वा बाँकी कार्यकालमध्ये कुनै एक अवधि पाउने सम्भावना रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया