सरकारले १० अर्बको ११ वर्षे विकास ऋणपत्र जारी गर्ने
- BFIS News
- 2026 Jun 02 12:30
काठमाडौं, जेठ १९ — सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले १० अर्ब रुपैयाँ बराबरको ‘११ वर्षे विकास ऋणपत्र–२०९४’ बिक्री गर्ने भएको छ।
कार्यालयका अनुसार उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ। बोलकबोल प्रक्रिया जेठ २० गते सञ्चालन हुने र ऋणपत्र चैत २१ गते निष्कासन गरिने जनाइएको छ।
यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले समेत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
सरकारले आन्तरिक ऋण परिचालनमार्फत विकास खर्च तथा वित्तीय आवश्यकताका स्रोत व्यवस्थापन गर्ने उद्देश्यसहित यस्तो ऋणपत्र जारी गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










_jEGOtGcTjV.jpg)






प्रतिक्रिया