Nepal Life

वैदेशिक रोजगारीमा जाने श्रमिकसँग १ प्रतिशत कर लिने सरकारको निर्णय

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 02 12:56
वैदेशिक रोजगारीमा जाने श्रमिकसँग १ प्रतिशत कर लिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकहरूबाट १ प्रतिशत कर असुल गर्ने व्यवस्था लागू गरेको छ।

 

Nepal Life
NIMB

सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकको बुँदा नं. ५ अनुसार वैदेशिक रोजगारीमा जाने प्रत्येक नेपालीले सम्बन्धित म्यानपावर कम्पनीमार्फत तिरेको रकमको १ प्रतिशत कर सरकारी कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्था अनुसार म्यानपावर कम्पनीहरूले प्रत्येक महिनाको २५ गतेभित्र अघिल्लो महिनामा विदेश पठाइएका श्रमिकहरूबाट असुल गरिएको कर रकम सरकारको कोषमा जम्मा गर्नुपर्नेछ।

यो व्यवस्था जेठ १५ गतेदेखि नै कार्यान्वयनमा आएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने कामदारहरूको लागत खर्च केही बढ्न सक्ने अनुमान गरिएको छ।

सरकारले चुनावी घोषणापत्रमा विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको भए पनि नयाँ कर नीतिले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि अतिरिक्त भार पर्ने टिप्पणी गरिएको छ।

यस व्यवस्थाअनुसार अब विदेश जाने नेपाली श्रमिकले म्यानपावरमार्फत तिरेको शुल्कमा कर लाग्नेछ भने विदेश जाँदा र आम्दानी पठाउँदा समेत करको प्रभाव पर्न सक्ने आकलन गरिएको छ।

हाल नेपालबाट दैनिक करिब दुई हजार, मासिक ६० हजार र वार्षिक झण्डै सात लाख युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन्। सो तथ्याङ्कअनुसार सरकारले वार्षिक करिब १५ करोड रुपैयाँसम्म राजस्व संकलन हुन सक्ने अनुमान गरिएको छ।

तर वैदेशिक रोजगारीको प्रक्रियामा निःशुल्क वा न्यून लागतका व्यवस्था लागू भएकाले व्यवहारमा कर संकलन प्रभावकारी हुने वा नहुने विषयमा प्रश्न उठाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया