NIMB Header 2
Prabhu Mahalaxmi

नोटबन्दी गर्ने सरकारको योजना छैन : अर्थमन्त्री वाग्ले

United Ajod
  • BFIS News
  • 2026 Aug 21 15:45
नोटबन्दी गर्ने सरकारको योजना छैन : अर्थमन्त्री वाग्ले
IME LIFE

काठमाडौं, भदौ ५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको स्पष्ट पारेका छन्।

 

Nepal Life
NIMB

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने ?’ भन्दै प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले अहिले नोटबन्दी उपयुक्त नहुने बताएका हुन्।

‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्न सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने।

नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकमा पनि यसको सफलता राम्रो नदेखिएको वाग्लेको भनाइ थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया