Nepal Life

दुई महिनामै भित्रियो २ खर्ब ३७ अर्बको रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २८.३ प्रतिशतले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 17:17
दुई महिनामै भित्रियो २ खर्ब ३७ अर्बको रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २८.३ प्रतिशतले घट्यो
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगामा गएका नेपालीले विदेशी मुलुकबाट यस अवधिमा रु.२ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भित्र्याएका छन् । 

NIMB

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई रु.२५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया