NIMB Header 2
Nepal Life

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो चरणमा शेयर मूल्य ११०० रुपैयाँ नाघ्न सक्ने अनुमान

IME LIFE
  • BFIS News
  • 2026 Jun 05 17:14
सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो चरणमा शेयर मूल्य ११०० रुपैयाँ नाघ्न सक्ने अनुमान
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो।

Nepal Life
NIMB

सूचीकृत शेयरमध्ये सर्वसाधारणमा वितरण गरिएको ४२ लाख ९० हजार कित्ता तथा संस्थापक शेयरधनीहरूले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर रहेका छन्।

नेप्सेका अनुसार कम्पनीको शेयर आगामी सोमबार स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ। पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरिएको छ। कम्पनीको शेयर ‘SOPL’ टिकर संकेतमार्फत कारोबार हुनेछ।

सोपान फर्मास्युटिकल्सको बजार प्रवेशसँगै लगानीकर्तामाझ यसको सम्भावित मूल्यबारे चासो बढेको छ। औषधि उत्पादन क्षेत्रमा सूचीकृत अर्को कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य हाल करिब ११०० रुपैयाँको हाराहारीमा रहेको छ भने विगतमा यसको मूल्य २१०० रुपैयाँभन्दा माथिसम्म पुगेको थियो।

सोपान 

यद्यपि, ओम मेगाश्री र सोपान फर्मास्युटिकल्सबीच शेयर आपूर्तिको दृष्टिकोणले महत्वपूर्ण भिन्नता देखिन्छ। ओम मेगाश्रीको चुक्ता पूँजी करिब ६० करोड रुपैयाँ रहेको छ भने सोपानको चुक्ता पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ। ओम मेगाश्रीको करिब ३० प्रतिशत अर्थात् १८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर मात्रै दोस्रो बजारमा उपलब्ध रहेको अवस्थामा सोपानको भने २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँ बराबरको शेयर बजारमा कारोबारयोग्य हुनेछ।

ओम मेगाश्री

वित्तीय सूचकका आधारमा भने सोपान फर्मास्युटिकल्स तुलनात्मक रूपमा बलियो देखिएको विश्लेषण गरिएको छ। कम्पनीको जगेडा कोष सकारात्मक रहेको छ भने प्रतिशेयर आम्दानी (EPS) समेत सन्तोषजनक रहेको बताइएको छ। अर्कोतर्फ, ओम मेगाश्रीको सञ्चित नाफा–नोक्सान खाता अझै नोक्सानीमा रहेको अवस्था छ।

बजार विश्लेषकहरूका अनुसार शेयर आपूर्ति कम भएका कारण ओम मेगाश्री लगानीकर्ताको प्राथमिक रोजाइमा पर्ने गरेको भए पनि सोपानको वित्तीय अवस्था बलियो भएकाले यसको शेयर मूल्यले पनि उल्लेखनीय प्रदर्शन गर्न सक्ने सम्भावना रहेको छ। प्रारम्भिक कारोबारपछि कम्पनीको शेयर मूल्य ११०० रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

तर, ओम मेगाश्रीले जस्तै सुरुआती चरणमै २१०० रुपैयाँ नाघ्ने वा ननाघ्ने विषय भने समग्र शेयर बजारको अवस्था, लगानीकर्ताको माग तथा बजार मनोविज्ञानमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया