Siddartha Bank
Prabhu Mahalaxmi

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८२ करोड

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 23 16:26
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८२ करोड
United Ajod

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ७.३८ अंकले घटेको नेप्से यस दिन २.२६ अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको हो।

Siddartha Bank
EBL
Nepal Life

यस दिन नेप्से परिसूचक २ हजार ६१७.०३ विन्दुमा खुलेको थियो। कारोबार अवधिमा २ हजार ६०७.९९ विन्दुसम्म झरेको परिसूचक अधिकतम २ हजार ६२४.२० विन्दुसम्म पुगेको थियो। अन्ततः ०.०८ प्रतिशतको वृद्धिसहित बजार बन्द भएको हो।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। गत शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ८२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन ३६० कम्पनीका १ करोड ८ लाख २६ हजार ९१३ कित्ता शेयर ४२ हजार ८५४ पटकको कारोबारमा किनबेच भएका छन्।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो। कारोबारपछि बैंकको शेयरमूल्य प्रतिकित्ता २७६ रुपैयाँ कायम भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत बढेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८३ रुपैयाँ २० पैसा कायम भएको छ। यता, भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ८.३३ प्रतिशत घटेर प्रतिकित्ता ३१९ रुपैयाँमा झरेको छ।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूह सामान्य बढेका छन्। अन्य उपसमूह सर्वाधिक ०.८१ प्रतिशत बढ्दा निर्जीवन बीमा उपसमूह सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

यस दिन नेप्सेको कुल बजार पूँजीकरण ४५ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, फ्लोट बजार पूँजीकरण १५ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया