Nepal Life

बजेटअघि अर्थ मन्त्रालय पुगेका थिए लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ, सूचना चुहावट प्रकरणमा नयाँ तथ्य सार्वजनिक

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 07 11:21
बजेटअघि अर्थ मन्त्रालय पुगेका थिए लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ, सूचना चुहावट प्रकरणमा नयाँ तथ्य सार्वजनिक

काठमाडौं । बजेट निर्माण प्रक्रियाकै क्रममा भन्सार दर परिवर्तनसम्बन्धी सूचना चुहिएको आशंकापछि उक्त सूचना कसले बाहिर पुर्‍यायो भन्ने विषयमा सम्बन्धित निकायहरूले खोजी तीव्र बनाएका छन्। भन्सार कार्यालयका प्रमुखदेखि विभिन्न पदमा कार्यरत कर्मचारीहरूलाई निगरानीमा राखेर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।

 

 

Nepal Life
NIMB

यसैबीच, बीमापोष्टले बजेट निर्माणका क्रममा शंकास्पद गतिविधिसँग जोडिएको नयाँ तथ्य सार्वजनिक गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका भाइ तथा लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ बजेट निर्माण भइरहेका बेला पटक–पटक अर्थ मन्त्रालय पुगेको तथ्य खुलेको हो।

समाचार स्रोतका अनुसार श्रेष्ठले बजेट निर्माण अवधिमा अर्थ मन्त्रालयमा विभिन्न भेटघाट गरेका थिए। उनले भन्सार दर परिवर्तनसम्बन्धी सूचना प्राप्त गरेका थिए वा थिएनन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। तर, उनले काईयी (Kaiyi) ब्रान्डका केही सवारीसाधन बजेट सार्वजनिक हुनुअघि नै नेपाल भित्र्याउन सफल भएको तथ्य भने फेला परेको छ।

एक स्रोतले भन्यो, “उहाँ बजेट निर्माण भइरहेका बेला धेरै पटक अर्थ मन्त्रालय धाउनुभएको थियो।”

जेठको पहिलो साता अर्थ मन्त्रालय पुगेका एक पत्रकारले मन्त्रालय परिसरभित्र निराकार श्रेष्ठलाई कालो रंगको गाडीमा देखेको बताएका छन्। पत्रकारले देखेपछि श्रेष्ठ केही समय गाडीभित्रै बसेका र त्यसपछि मन्त्रालय प्रवेश गरी केहीबेरपछि फर्किएको दाबी गरिएको छ। स्रोतका अनुसार उक्त गतिविधि मन्त्रालयको सीसीटीभी फुटेजबाट समेत पुष्टि हुन सक्ने अवस्था रहेको छ।

निराकार श्रेष्ठसँग सम्बन्धित हुण्डाई समूहले काईयी ब्रान्डका ६० वटा सवारीसाधन जेठ १३ र १४ गते तातोपानी तथा रसुवा नाकामार्फत भन्सार पास गरेको तथ्य फेला परेको छ। ती सवारीसाधनमा भन्सार महसुल वृद्धि भएको देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया