NIMB Header 2
Nepal Life

सलापा विकास बैंकको १४औँ वार्षिक साधारणसभा असार १५ गते हुने, ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने

IME LIFE
  • BFIS News
  • 2026 Jun 08 11:50
सलापा विकास बैंकको १४औँ वार्षिक साधारणसभा असार १५ गते हुने, ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने
United Ajod

काठमाडौं। सलापा विकास बैंक लिमिटेड (SABBL) ले आफ्नो १४औँ वार्षिक साधारणसभा आगामी असार १५ गते आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा उक्त दिन बिहान ११ बजे खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मा आयोजना गरिनेछ।

Nepal Life
NIMB

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूसहित लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरिनेछ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

बैंकले नियामक निकायको निर्देशन तथा आवश्यकता अनुरूप आफ्नो कार्यक्षेत्र थप चार जिल्लामा विस्तार गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव समेत साधारणसभामा पेश गर्ने जनाएको छ।

अन्य विविध विषयमा समेत छलफल गरिने बैंकले जनाएको छ। साधारणसभा प्रयोजनका लागि बैंकले असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असार २ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा आफ्नो मताधिकार प्रयोग गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया