NIMB Header 2
Nepal Life

आरोप पुष्टि भए सार्वजनिक जीवनबाट अलग हुने अर्थमन्त्री वाग्लेको चुनौती

IME LIFE
  • BFIS News
  • 2026 Jun 11 12:53
आरोप पुष्टि भए सार्वजनिक जीवनबाट अलग हुने अर्थमन्त्री वाग्लेको चुनौती
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका अनियमितता तथा सूचना चुहावटसम्बन्धी आरोपहरू प्रमाणित भए सार्वजनिक जीवनबाटै अलग हुने बताएका छन्।

Nepal Life
NIMB

उनले आरोपहरू तथ्यहीन रहेको दाबी गर्दै आरोप लगाउने पक्षलाई प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युतीय सवारीसाधनसँग सम्बन्धित सूचना चुहावटको आरोप अस्वीकार गरेका छन्। उनले आफ्नो छवि धुमिल बनाउन योजनाबद्ध रूपमा आरोप लगाइएको दाबी गरे।

समितिमा धारणा राख्ने क्रममा वाग्लेले आफूले कुनै आर्थिक अनियमितता नगरेको उल्लेख गर्दै आरोप पुष्टि गर्न सकिए आफूले राजनीति मात्र नभई सम्पूर्ण सार्वजनिक जीवन त्याग्ने बताए। उनले आफूविरुद्ध उठाइएका प्रश्नहरू प्रमाणका आधारमा पुष्टि गर्न सम्बन्धित पक्षलाई आग्रह पनि गरे।

आफ्नो कार्यशैली उच्च नैतिक मापदण्डमा आधारित रहेको दाबी गर्दै वाग्लेले आरोपका पछाडि ठोस आधार भए सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरे।

सार्वजनिक लेखा समितिमा दिएको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप र त्यसको सत्यताबारे बहस थप तीव्र बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया