Nepal Life

राष्ट्र बैंकले एकै प्रकृतिको कर्जाको व्याजदरमा सिमा तोक्दा असंगठित ऋणीको व्याजभारमा करेक्सन, सुमन सुवेदीको विश्लेषण

Global Ime detail Page
  • सुमन सुवेदी
  • 2023 Oct Wed 10:03
राष्ट्र बैंकले एकै प्रकृतिको कर्जाको व्याजदरमा सिमा तोक्दा असंगठित ऋणीको व्याजभारमा करेक्सन, सुमन सुवेदीको विश्लेषण
Sanima Reliance

काठमाडौं । बैंकले कमाउने भनेको ऋणको व्याजदर भन्दा पनि निक्षेपको ऋणको औषत व्याजको अन्तर (Interest Spread) बाट हो । व्याजदर आफैमा एक चल (Variable) हो । जसलाई बजारमा भएको ऋण योग्य रकमको उपलब्धताको वा ऋणको माग (Demand) र आपुर्ती (Supply) ले तय गर्दछ । बैंकलाई व्याजदर बढ्दा वा घट्दा त्यति फरक पर्दैन किनकी बैंकले कमाउने भनेको औषत व्याजदर अन्तर व्यवस्थापनबाट हो ।

NIMB

अर्को तर्फ बैंकलाई नेपाल राष्ट्र बैंकले औषत व्याजदर अन्तर ४ प्रतिशतको सिमा भित्र राख्न निर्देशन गरेकोले नियामकिय व्यवस्था पालन गर्न  जथाभावी वा तोकिए भन्दा बढी व्याजदर अन्तर (Interest Spread) राख्न पाउदैन ।

बजारमा निक्षेपको व्याज बढ्दा ऋणको पनि व्याजदर बढ्नु एक स्वभाविक प्रकृयाँ हो । नेपाल राष्ट्र बैंकले पनि एकै प्रकृतिको निक्षेपमा अधिकतम २ प्रतिशत भन्दा बढीको फरक राख्न नपाइने भनेर पहिले देखिनै निर्देशन जारी गरेको तर ऋण तर्फ भने यस्तो फरक कायम गर्नु पर्ने कुनै पनि निर्देशन आएको थिएन जसले गर्दा पहुँचवाला ठुला ऋणीहरुले कम व्याजदर (करिव १० प्रतिशत)मा कर्जा उपभोग गरेर साना तथा असंगठित ऋणीहरुलाई (करिव १६ प्रतिशत) को भार पर्न गइरहेको अवस्था हो । तथापी औषत व्याजदर १२ प्रतिशतकै आसपास रहेको छ । यसरी ऋणतर्फ कुनै पनि दुई ग्राहक विच एकै प्रकृतिको कर्जामा व्याजदर तय गर्नु अति आवश्यक भएको थियो । जसले साना तथा असंगठित ऋणीलाई पर्न गएको नजायज व्याज भार आफै करेक्सन हुने स्थितिमा जाने थियो ।

अहिले पनि बैंकिङ औषत निक्षेपको व्याजदर ८ प्रतिशत र कर्जाको औषत व्याजदर १२ प्रतिशतको हाराहारीमा छ । हाल कर्जा तर्फको औषत व्याजदर १२ प्रतिशत भए पनि यसको दायरा कम्तिमा १० प्रतिशतदेखि १६ प्रतिशतसम्म छ ।

भर्खरै परिमार्जित एकिकृत निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले एकै प्रकृतिको कर्जामा अधिकतम व्याजदर अन्तर २ प्रतिशतसम्म मात्र कायम गर्न पाइने नियम जारी गरे पछि १६  प्रतिशतसम्म तिरिरहेका साना तथा असंगठित ऋणीको व्याजदर कम्तीमा २ प्रतिशत ले घट्नेछ ।

बर्तमानमा ब्यापारिक विश्वासको कमी, मन्दी तथा कोभिडको बेलामा टुटेको व्यापारिक च्यानल तथा बिदेशी मूद्रा संचितीका लागी केन्द्रिय बैंकले बिगतमा लिएको कडा नितीका कारणले बजारमा अहिले पनि Business Confidence आइसकेको छैन र आन्तरिक आर्थिक गतिविधि सिथिल रहेन गएको छ ।

अर्कोतर्फ निक्षेप कर्जा अनूपात ८२ प्रतिशत भन्दा तल आइसक्नू, बिदेशी मूद्रा संचिती तथा बिप्रेषणमा बढोत्तरी हूनू, अन्तर बैंक व्याजदर २ प्रतिशतको आसपासमा रहनु र ट्रेजरी बिलको औसत व्याजदर पनि तुलनात्मक रुपमा कम भएको स्थिति हेर्दा बजारमा अत्याधिक तरलता रहेको छ भन्ने बुझिन्छ । अबका दिनमा आन्तरिक अर्थतन्त्र सूधार्न केन्द्रिय बैंकले थप नितीगत सहजिकरण  गर्दैजानूको  बिकल्प छैन जसको छनक गत श्रावणको मौद्रिक नितीमा भएका लचकबाट समेत प्रष्ट हून्छ  । अबको स्थितिमा व्याजदर तल जानूको निर्विकल्प हो सोहि अनूरुप अब कार्तिकदेखि बिस्तारै व्याजदर तल जानेछ र क्रमशः कर्जाको माग बढेर  ब्यवसायिक गतिबिधि समेत बढ्नेछ भनेर सहज प्रक्षेपण गर्न सकिन्छ । अर्थतन्त्र सधै व्यापार चक्र (Trade Cycle) मा चल्छ, खराब पछि  राम्रा दिनहरु पनि अवश्य आउछन । 

सबैलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना 

(पुर्व बैंकर सुवेदी नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानका ट्रेनर हुन् ।  त्रिभुवन विश्व विद्यालयका विभिन्न क्याम्पसमा अध्यापन गराउदै आएका सुवेदी सँग १७ वर्षको बैंकिङ अनुभव रहेको छ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

  • Manish shah
    Nov 04 2023
    Raster bank le aas to gare vane sab ko lagi thik hun xa Sana lagani Karta pani bebasaya ma aau na saak xa ra ramro gar na saak xa. Aas to gar da thula lagani karta ra sana lagani karta bich ko discrimination hat xa ra thula lagina karta le gar da sana lagani karta maar ma par dai na. Thank you Fresher(Manish shah)