Nepal Life

नेपाल लाइफले बालबालिका सम्बन्धी दुई पोलिसी परिमार्जन गर्दै, केहि समयका लागि बिक्री बन्द

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 11:29
नेपाल लाइफले बालबालिका सम्बन्धी दुई पोलिसी परिमार्जन गर्दै, केहि समयका लागि बिक्री बन्द
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप आजदेखि बालबालिका सम्बन्धी बीमा पोलिसी परिमार्जनका लागि बिक्री बन्द गरेको छ । बीमा प्राधिकरणले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई आजदेखि बालिबालिका सम्बन्धी बीमालेख परिमार्जन गरेर मात्रै जारी गर्न निर्देशन दिएको थियो ।

NIMB

यहि निर्देशन अनुरुप नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री गर्दै आएको सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा (५३) परिमार्जन गरिरहेको छ । परिमार्जनका क्रममा रहेकाले बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै निकट भविष्यमा यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै नेपाल लाइफ नौलो केटा केटी जीवन बीमा (५५) को हकमा भने प्राधिकरणको उक्त परिपत्रको निर्देशन बमोजिम आजैका मितिदेखि बिक्री बन्द गरेको छ । प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार बालबालिका सम्बन्धी जीवन बीमालेखका प्रावधानहरु परिमार्जन गरेर मात्रै जारी गर्न निर्देशन दिएको थियो । सोही निर्देशिका बमोजिम कम्पनीले बीमालेख परिमार्जन गर्न थालेको हो ।

निर्देशिका अनुरुपमको व्यवस्थाहरु समावेश गरेर बीमा परिमार्जन गर्दा बीमा प्राधिकरणबाट पुनः स्वीकृति लिनु पर्छ । यसले गर्दा परिमार्जनमा ढिलाइ भएको कम्पनीले जनाएको छ । प्राधिकरणबाट स्वीकृति आउने वित्तीकै पोलिसी जारी हुने कम्पनीले जानकारी दिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया