NIMB Header 2
Nepal Life

कर्मचारी सञ्चय कोषमा एएमएल/सीएफटी सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 16:45
कर्मचारी सञ्चय कोषमा एएमएल/सीएफटी सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । AML Nepal ले Employees Provident Fund मा सम्पत्ति शुद्धीकरण निवारण (Anti-Money Laundering – AML) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण (Countering Financing of Terrorism – CFT) सम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।

 

Nepal Life
NIMB

नेपालको सबैभन्दा ठूलो गैर–बैंकिङ वित्तीय संस्था तथा दीर्घकालीन कोष परिचालन गर्ने प्रमुख निकायका रूपमा रहेको कर्मचारी सञ्चय कोषमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा प्रभावकारी एएमएल/सीएफटी अनुपालनलाई सुदृढ बनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा एएमएल नेपालका विज्ञ श्रीधर अधिकारी, अधिवक्ता सेलिना अधिकारी तथा चार्टर्ड एकाउन्टेन्ट लेखनाथ पोखरेलले विभिन्न विषयमा विशेषज्ञ प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए।

सत्रहरूमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, गैर–बैंकिङ वित्तीय संस्थाका लागि लागू हुने एएमएल/सीएफटी निर्देशनहरू, जोखिममा आधारित अनुपालन प्रणाली, ग्राहक पहिचान प्रक्रिया, स्रोतको पहिचान तथा प्रमाणीकरण, निरन्तर अनुगमन, शंकास्पद कारोबार पहिचान तथा प्रतिवेदन प्रणालीलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा विशेषगरी कोषको स्रोत तथा लगानी दुवै पक्षमा एएमएल जोखिमको पहिचान, व्यवस्थापन र अनुपालनका व्यावहारिक पक्षबारे गहन छलफल भएको थियो। साथै योगदानकर्ताको वित्तीय स्रोतको पारदर्शिता, लगानी निर्णय प्रक्रिया, लाभग्राही पहिचान तथा संस्थागत सुशासनका विषयमा समेत प्रस्तुतीकरण गरिएको थियो।

सहभागी कर्मचारीहरूले एएमएल/सीएफटी कार्यान्वयनका व्यावहारिक चुनौती तथा सुधारका उपायबारे आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए।

एएमएल नेपालले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन विभिन्न सरकारी निकाय तथा वित्तीय संस्थासँग सहकार्य गर्दै यस्ता प्रशिक्षण तथा क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया