Nepal Life

मधेश प्रदेशको आगामी वर्षको बजेट ४१ अर्ब १३ करोड, चालु वर्षभन्दा करिब ५ अर्ब कम

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 15 17:13
मधेश प्रदेशको आगामी वर्षको बजेट ४१ अर्ब १३ करोड, चालु वर्षभन्दा करिब ५ अर्ब कम

ढल्केबर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

 

Nepal Life
NIMB

सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा करिब ५ अर्ब ४४ करोड रुपैयाँ कम बजेट ल्याइएको जानकारी दिए।

बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटमा चालु खर्च ३५.६४ प्रतिशत र पुँजीगत खर्च ६४.३६ प्रतिशत रहेको छ।

स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्व तथा अन्य स्रोतबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ। साथै संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

Government of Madhesh Province का अनुसार संघीय अनुदानतर्फ समानीकरण, सशर्त, समपूरक र विशेष समपूरक अनुदान गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी चालु वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिने र आगामी वर्ष १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ।

अर्थमन्त्री भट्टराईले सीमित स्रोत र राजस्व वृद्धिको चुनौतीका बीच उत्पादन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए। उनले बजेट कार्यान्वयनले प्रदेशको आर्थिक गतिविधि विस्तार र जनजीवन सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया