NIMB Header 2
Nepal Life

नेप्से १२.२६ अंकले घट्यो, कारोबार ४ अर्ब ४१ करोड नाघ्यो

IME LIFE
  • BFIS News
  • 2026 Jun 15 17:15
नेप्से १२.२६ अंकले घट्यो, कारोबार ४ अर्ब ४१ करोड नाघ्यो
United Ajod

काठमाडौँ । धितोपत्र बजारमा सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेको छ।

 

Nepal Life
NIMB

Nepal Stock Exchange का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले घटेर ४६६.१३ विन्दुमा सीमित भएको छ।

आज कुल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन्।

कारोबारका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। एनबिबिएल डिबेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल र रिलायन्स स्पिनिङ मिल्स पनि सर्वाधिक कारोबार हुने सूचीमा परेका छन्।

मूल्य वृद्धिका आधारमा सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावरका लगानीकर्ताले नाफा कमाएका छन्।

त्यसैगरी ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने घाटा बेहोरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया