NIMB Header 2
Nepal Life

सिमा क्षेत्रमा भारतीय बीमा कम्पनीको प्रभाव कायमै, ७० प्रतिशत नेपाली बीमित भारतीय कम्पनीको कब्जामा

National Life
  • BFIS News
  • 2023 Oct 19 05:43
सिमा क्षेत्रमा भारतीय बीमा कम्पनीको प्रभाव कायमै, ७० प्रतिशत नेपाली बीमित भारतीय कम्पनीको कब्जामा
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण तथा नेपालका बीमा कम्पनीहरुले भारतको सिमा क्षेत्रमा बीमा पहुँच बढाउन नसक्दा अझै पनि ६० देखि ७० प्रतिशत सिमावर्ती नागरिकले भारतका बीमा कम्पनीमा बीमा गर्ने गरेको पाइएको छ । बीमा प्राधिकरणले सिमा क्षेत्रमा बीमा सम्बन्धी जनचेतनामुलक बोर्डहरु राखे पनि भारतीय बीमा कम्पनीका अभिकर्ताको प्रभाव हट्न सकेको छैन ।

Shikhar
NIMB

सिमा क्षेत्रका कतिपय नागरिकलाई अझै पनि नेपालमा बीमा कम्पनी छ या छैन भन्ने थाहा छैन । तराइका अधिकाम्स भुभागमा भारतीय बीमा कम्पनीका अभिकर्ताको प्रभाव कायमै छ । शाखा खोलेर काम गर्नु नपर्ने, व्यक्तितगत सम्पर्कबाटै बीमा हुने भएकाले भारतीय बीमा कम्पनीको प्रभाव हट्न नसकेको हो । यसरी बीमा गराउदा कयौ बीमितले दाबी भुक्तानी पाउन सकेका छैनन् । बीमा पोलिसी परिपक्व भएर पनि दाबी पाउन सकेका छैनन् ।

बीमितले अभिकर्ताबाहेक कम्पनीलाई चिनेको हुँदैन । यदि अभिकर्ता हराएको खण्डमा बीमितले अर्को सम्पर्क व्यक्ति खोज्ने अवस्था रहदैन । नेपाल बीमा प्राधिकरणले हिजो मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम, धनुषामा प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रममा यस्तो विषय उठेको हो ।

कार्यक्रमलाई संबोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सीमा क्षेत्रका बासिन्दाहरूमध्ये ६० देखि ७० प्रतिशतले अझै पनि भारतका बीमा कम्पनीहरूमा बीमा गर्ने गरेको जानकारी दिएका छन् ।  

उद्योगी व्यवसायीहरूले करोडौंका उद्योग व्यवसायको बीमा नगरेको हुँदा आगलागी लगायतका कारणले क्षति भएको अवस्थामा राहत माग गर्दा प्रदेश सरकारले एक दुई लाखभन्दा बढी दिन नसक्ने अवस्था रहेको उल्लेख गर्दै  उनले नागरिकको जीवन र सम्पत्तिको बीमा गर्न प्रदेश सरकारको प्रयासमा साथ दिन सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

बीमा बाध्य भएर नभई स्वतःस्फूर्तरूपले गर्ने कार्यक्रम ल्याउन र प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार तयार रहेको उनले बताए ।

कार्यक्रममा सहभागीहरुले सीमावर्ती क्षेत्रलाई प्राथमिकता दिई सबै स्थानमा बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल बीमा प्राधिकरण र नेपालका बीमा कम्पनीहरुले सिमा क्षेत्रमा आक्रामक रुपमा बजार विस्तार नगर्ने हो भने नेपालीहरु भारतीय बीमा कम्पनीको बीमित हुने क्रम रोकिने छैन । साथै सिमावर्ती नागरिक बीमाको नाममा ठगिते तथा बीमाको अपराधबाट पिडित हुने सम्भावना धेरै रहन्छ । यदि नेपाली नागरिकले नेपालकै बीमा कम्पनीबाट बीमा गर्न पाए भने उनिहरुलाई नेपालको ऐन कानुनले समेट्न सक्छन् साथै उनिहरुको उपभोक्ता अधिकार सुनिश्चित हुन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया