Nepal Life

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड, पुँजीगत खर्चमा ६५ प्रतिशतभन्दा बढी हिस्सा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 15 18:16
बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड, पुँजीगत खर्चमा ६५ प्रतिशतभन्दा बढी हिस्सा

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

 

Nepal Life
NIMB

Government of Bagmati Province का आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको छ।

स्रोत व्यवस्थापनतर्फ कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ तथा संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी चालु आर्थिक वर्षको सञ्चित कोष बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ व्यवस्थापन गरिने उल्लेख छ। बाँकी ९६ करोड रुपैयाँ अन्य संस्थाबाट ऋण लगानी फिर्तामार्फत जुटाइने सरकारको अनुमान छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया