लुम्बिनी प्रदेशको ३७.३८ अर्ब रुपैयाँ बजेट सार्वजनिक
- BFIS News
- 2026 Jun 15 18:46
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। वित्तीय व्यवस्थापनसमेत जोडेर कुल बजेट प्रस्तुत गरिएको हो।
चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले घटेको छ। चालू वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.png)






प्रतिक्रिया