NIMB Header 2
Nepal Life

स्वास्थ्य बीमा दाबीबापत २०२ अस्पताललाई थप ९१ करोड १८ लाख रुपैयाँ भुक्तानी प्रक्रिया अघि बढ्यो

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 13:25
स्वास्थ्य बीमा दाबीबापत २०२ अस्पताललाई थप ९१ करोड १८ लाख रुपैयाँ भुक्तानी प्रक्रिया अघि बढ्यो
United Ajod

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बीमा दाबीबापत थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ ।

 

Nepal Life
NIMB

बोर्डले सेवा प्रदायक संस्थाहरूको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै जाने नीति लिएको जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम र विपन्न नागरिकको औषधि उपचारसँग सम्बन्धित बाँकी रकमलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाइएको हो ।

यसअघि गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ निकासा गरिएको थियो । त्यस्तै जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चका लागि ३२ करोड १३ लाख ६ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

जेठ २७ गते सोही कार्यक्रमअन्तर्गत थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया