अनुसन्धानपछि कोरला नाकाबाट भित्रिएका सबै बिवाईडी विद्युतीय सवारीसाधन फुकुवा
- BFIS News
- 2026 Jun 16 13:35
काठमाडौँ । मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याइएका बिवाईडी ब्रान्डका विद्युतीय सवारीसाधनमाथि गरिएको निगरानी तथा अनुसन्धानपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा राखेका सबै सवारीसाधन फुकुवा गरेको छ ।
दुई सातादेखि विभिन्न स्थानमा रोकिएका ती सवारीसाधनलाई आइतबार साँझदेखि सम्बन्धित कम्पनीको जिम्मा लगाउन थालिएको हो ।
कोरला नाकाबाट गत जेठको दोस्रो र तेस्रो साताबीच ठूलो संख्यामा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । तीमध्ये अधिकांश सवारीसाधनले भन्सार प्रक्रिया पूरा गरिसके पनि आयात प्रक्रियामा कुनै अनियमितता वा कैफियत हुनसक्ने आशंकापछि सुरक्षा निकायले निगरानी बढाएको थियो ।
त्यसक्रममा मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए । घटनाको यथार्थता पत्ता लगाउन सरकारले अर्थ मन्त्रालयमार्फत विशेष छानबिन समिति गठन गरेको थियो ।
समितिले कोरला नाका, जोमसोम, पर्वत र कास्की पुगेर स्थलगत अध्ययन तथा कागजात परीक्षण गरेको थियो । प्रारम्भिक अध्ययनका क्रममा आयात गरिएका विद्युतीय सवारीसाधनमा स्पष्ट कैफियत नदेखिएको निष्कर्षमा समिति पुगेपछि नियन्त्रणमा राखिएका सवारीसाधन फुकुवा गरिएको हो ।
सुरक्षा निकायका अनुसार कोरला नाकाबाट भित्रिएका केही सवारीसाधन जोमसोम, केही पर्वतको कुश्मा र केही कास्कीको हेमजामा राखिएका थिए । अनुसन्धान प्रक्रिया पूरा भएपछि ती सबै सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया