नेशनल हाइड्रो पावरको २९औँ वार्षिक साधारणसभा असार ३१ गते, ७ सञ्चालक चयन हुँदै
- BFIS News
- 2026 Jun 18 12:11
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी असार ३१ गते बुधबार २९औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटेरिङमा बिहान ११ बजेदेखि साधारणसभा बोलाउने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभाले सञ्चालक समितिमा एक जना महिलासहित ७ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा समेत राखेको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ। त्यसअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै साधारणसभामा सहभागिता जनाउन पाउनेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया