Nepal Life

एभरेष्ट कलरको आईपीओ बाँडफाँड सम्पन्न, ६५ हजार ५७० आवेदकले पाए १० कित्ता शेयर

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 13:02
एभरेष्ट कलरको आईपीओ बाँडफाँड सम्पन्न, ६५ हजार ५७० आवेदकले पाए १० कित्ता शेयर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओ आज असार ४ गते बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँड सम्पन्न भएको हो।

 

Nepal Life
NIMB

कम्पनीले गत जेठ २२ गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो। दोस्रो चरणमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

मुक्तिनाथ क्यापिटलका अनुसार उक्त आईपीओमा २६ लाख ८७ हजार ४२१ आवेदकबाट कुल २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर माग भएको थियो। जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदकको २ करोड ८२ लाख ९५ हजार ६९० कित्ता शेयर आवेदन सदर भएको छ।

त्यस्तै, ४५ हजार ४६२ आवेदकबाट परेको ५ लाख ३८ हजार ३० कित्ता शेयर आवेदन भने बदर भएको छ।

मागभन्दा बढी आवेदन परेपछि एभरेष्ट कलरको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। गोलाप्रथामार्फत ६५ हजार ५७० जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यसअनुसार २५ लाख ७६ हजार ३८९ जना आवेदकको हात खाली भएको छ।

आईपीओको अन्तिम नतिजा केही समयपछि सार्वजनिक गरिनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, सीडीएससीको ‘मेरो शेयर’ तथा आईपीओ रिजल्ट पोर्टलमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया