NIMB Header 2
Nepal Life

मार्जिन कारोबार सुविधा दिन ३१ ब्रोकरलाई नेप्सेको अनुमति

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 14:30
मार्जिन कारोबार सुविधा दिन ३१ ब्रोकरलाई नेप्सेको अनुमति
United Ajod

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति पाएका सदस्य दलाल कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ ।

 

Nepal Life
NIMB

नेप्सेले जारी गरेको सूचनाअनुसार सेयर लगानीकर्तालाई मार्जिन ऋण तथा मार्जिन कारोबार सेवा उपलब्ध गराउन कुल ३१ वटा स्टक ब्रोकर कम्पनीले अनुमति पाएका छन् । अनुमति प्राप्त ब्रोकर कम्पनीले तोकिएको मापदण्ड र सीमाअनुसार लगानीकर्तालाई सेयर खरिदका लागि कर्जा (लेभरेज) सुविधा उपलब्ध गराउन सक्नेछन् ।

मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमति पाउने कम्पनीहरूमा क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, प्राइमो सेक्युरिटिज र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

यस्तै दिपशिखा धितोपत्र कारोबार, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, डाइनामिक मनि म्यानेजर्स र दक्षिणकाली इन्भेष्टमेन्टले पनि मार्जिन कारोबार सुविधा सञ्चालनको अनुमति पाएका छन् ।

त्यसैगरी श्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, नासा सेक्युरिटिज, सिप्रभी सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ पनि अनुमति प्राप्त कम्पनीको सूचीमा रहेका छन् ।

सुन्धरा सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक, एबीसी सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनी सेक्युरिटिज, ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट र कालिका सेक्युरिटिजले समेत मार्जिन कारोबार सुविधा दिन अनुमति पाएका छन् ।

यसैगरी संस्थागत लगानीकर्ता तथा ठूला डिलरका रूपमा रहेका नबिल स्टक डिलर, नागरिक स्टक डिलर, एनआईएमबी स्टक मार्केट्स र हिमालयन सेक्युरिटिज पनि अनुमति प्राप्त कम्पनीको सूचीमा समावेश छन् ।

मार्जिन कारोबार सुविधा उपलब्ध भएपछि योग्य लगानीकर्ताले ब्रोकरमार्फत निश्चित मापदण्ड पूरा गरी ऋण लिएर सेयर कारोबार गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया