प्राइम कमर्सियल बैंकलाई ३ अर्ब रुपैयाँको डिबेन्चर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
- BFIS News
- 2026 Jun 19 09:46
काठमाडौं। नेपाल धितोपत्र बोर्डले Prime Commercial Bank Limited लाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ।
बोर्डको स्वीकृतिअनुसार बैंकले ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र जारी गर्नेछ। यस अन्तर्गत प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गरिनेछ।
जारी गरिने कुल ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ।
बैंकले जारी गर्न लागेको उक्त डिबेन्चरको अवधि १० वर्ष रहनेछ। यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याजदरका आधारमा प्रतिफल प्राप्त गर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार ऋणपत्र बिक्रीबाट संकलन हुने रकम दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापन, कर्जा प्रवाह विस्तार तथा अन्य बैंकिङ गतिविधिमा परिचालन गरिनेछ।
ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी Sanima Capital Limited लाई दिइएको छ।
हाल बैंकिङ क्षेत्रमा दीर्घकालीन स्रोत परिचालनलाई सुदृढ बनाउन वाणिज्य बैंकहरूले ऋणपत्रमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति बढ्दै गएको छ। सोही रणनीतिअनुसार प्राइम कमर्सियल बैंकले पनि नयाँ डिबेन्चर सार्वजनिक गर्न लागेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया