Nepal Life

यो साता नेप्सेमा २ करोड ९ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 20 12:43
यो साता नेप्सेमा २ करोड ९ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर सूचीकृत भएको छ।

 

Nepal Life
NIMB

नेप्सेका अनुसार नारायणी विकास बैंक लिमिटेडको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर, याम्बालिङ्ग हाइड्रोपावरको ७० लाख कित्ता शेयर तथा टक्सार पिखुवा खोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएका हुन्।

याम्बालिङ्ग हाइड्रोपावरको सूचीकृत शेयरमध्ये २८ लाख कित्ता आईपीओ र ४२ लाख कित्ता संस्थापक शेयरधनीको लगानी रहेको शेयर समावेश छ।

त्यसैगरी टक्सार पिखुवा खोला हाइड्रोपावरको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ तथा ७७ लाख ६९ हजार ३३२ कित्ता संस्थापक शेयरधनीले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो।

सूचीकृत भएसँगै सम्बन्धित कम्पनीहरूको शेयर दोस्रो बजारमा कारोबारका लागि बाटो खुलेको छ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया