Nepal Life

प्राधिकरणको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, न्यून आय भएका बर्गलाई बीमाको दायरामा ल्याउन जोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 15:47
प्राधिकरणको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, न्यून आय भएका बर्गलाई बीमाको दायरामा ल्याउन जोड
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिङ्गो बीमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताएका छन् । 

 

NIMB

नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८० को शुभ उपलक्ष्यमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन्। 

अध्यक्ष सिलवालले भने, “प्राधिकरण र बीमकहरू एकअर्काका परिपुरक भएकाले सोही अनुसार क्रियाकलापहरू अगाडि बढाउनुपर्यो, बीमकहरूले बजारमा देखिएको अविश्वास हटाउनु पर्यो, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्यो, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बीमालेखका प्रावधानहरूलाई सामान्यीकरण गर्नुपर्यो, बैधरूपमा मुनाफा हुने बाटो खोज्नु पर्यो, बीमा बजारमा सकारात्मक परिवर्तन आउने गरी अघि बढ्नुपर्यो ।”

अध्यक्ष सिलवालले बीमकहरूले पनि सरकारलाई बीमाका बारेमा बुझाउन र वार्षिक बजेटमा बीमा शीर्षकमा सशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने उल्लेख गर्दै त्यसो भएमा न्यून आय भएका बर्गको बीमा हुनुका साथै गरिवी न्यूनीकरणमा समेत टेवा पुग्ने बताए । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सिङ्गो बीमा व्यवसायलाई स्वच्छ एवम् मर्यादितरूपमा अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमक सङ्घ नेपाल तथा नेपाल बीमक सङ्घका पदाधिकारीहरू र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया