Nepal Life

एनआईसी एशिया बैंकले लिलाममा रहेका सम्पत्तिको विवरण अनलाइनमार्फत उपलब्ध गरायो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 22 12:43
एनआईसी एशिया बैंकले लिलाममा रहेका सम्पत्तिको विवरण अनलाइनमार्फत उपलब्ध गरायो

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तथा धितो सुरक्षणअन्तर्गत रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी जानकारी सार्वजनिक गर्न विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

Nepal Life
NIMB

बैंकले लिलाम प्रक्रियासम्बन्धी विवरण सहज पहुँचमा पुर्‍याउने उद्देश्यले उक्त व्यवस्था लागू गरेको जनाएको छ।

बैंकद्वारा जारी सूचनाअनुसार पोर्टलमार्फत लिलामका लागि राखिएका बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूको विस्तृत विवरण हेर्न सकिनेछ। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा, भौगोलिक अवस्थिति तथा अन्य आवश्यक जानकारी समावेश गरिएको छ।

इच्छुक व्यक्ति तथा संस्थाले क्यूआर कोड स्क्यान गरेर वा बैंकले सञ्चालन गरेको अनलाइन प्रणालीमार्फत लिलाममा रहेका सम्पत्तिहरूको विवरण अवलोकन गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

त्यस्तै, सम्पत्तिसम्बन्धी थप जानकारी आवश्यक परेमा पोर्टलमा उपलब्ध सम्पर्क सुविधामार्फत बैंकसँग प्रत्यक्ष संवाद गर्न सकिने व्यवस्था रहेको छ। यसका लागि प्रयोगकर्ताले आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा अन्य आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।

बैंकका अनुसार लिलाम बिक्रीसम्बन्धी सूचनाहरू नियमित रूपमा अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ। यस व्यवस्थाबाट सम्पत्ति खरिद प्रक्रियामा सूचना पहुँच सहज हुने अपेक्षा गरिएको छ।

बैंकले लिलामसम्बन्धी जानकारी प्राप्त गर्दा आधिकारिक अनलाइन माध्यमको प्रयोग गर्न तथा सोही आधारमा आवश्यक प्रक्रिया अघि बढाउन सरोकारवालालाई आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया