Nepal Life

आगामी आवदेखि प्रहरी कर्मचारीले १५–१५ दिनमा तलब पाउने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 24 13:46
आगामी आवदेखि प्रहरी कर्मचारीले १५–१५ दिनमा तलब पाउने

काठमाडौं । नेपाल प्रहरीले आगामी आर्थिक वर्ष २०८३/८४ देखि आफ्ना कर्मचारीलाई अर्धमासिक रूपमा तलबभत्ता वितरण गर्ने व्यवस्था लागू गर्ने भएको छ।

Nepal Life
NIMB

नयाँ व्यवस्थाअनुसार प्रहरी कर्मचारीले अब मासिक एकमुष्ट तलबको सट्टा प्रत्येक १५ दिनको अन्तरालमा भुक्तानी प्राप्त गर्नेछन्।

नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागअन्तर्गत बजेट शाखाले मंगलबार देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको हो।

परिपत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको निर्देशनका आधारमा राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलबभत्ता उपलब्ध गराउने व्यवस्था लागू गरिनेछ।

यस सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी गर्न भनेको छ। साथै, प्रहरी प्रधान कार्यालयअन्तर्गतको कल्याण महाशाखालाई समेत नयाँ भुक्तानी प्रणालीअनुसार आर्थिक व्यवस्थापन तथा प्रणाली अद्यावधिक गर्न निर्देशन दिइएको छ।

नयाँ व्यवस्थाको कार्यान्वयनपछि प्रहरी कर्मचारीले आफ्नो तलब दुई किस्तामा नियमित रूपमा प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया