अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- BFIS News
- 2026 Jun 30 11:10
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ आज जारी गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। बोलकबोल प्रक्रियामार्फत नै ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।
यो एक वर्ष अवधिको ऋणपत्र रहेको राष्ट्र बैंकले जनाएको छ। यसको साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलपत्र पेस गर्नुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpeg)


प्रतिक्रिया