रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु
- BFIS News
- 2026 Jun 30 13:52
काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु भएको छ। आवश्यक मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न भएपछि आयोजनाले असार १५ गतेदेखि उत्पादन पुनः सञ्चालन गरेको हो।
रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेस्थित उक्त आयोजनामा २०८२ असार २४ गते आएको भीषण हिमबाढीका कारण अधिकांश संरचना तथा मेसिन उपकरणमा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि क्षतिग्रस्त संरचनाको आंशिक पुनःस्थापना तथा पुनर्निर्माण गरी तीनवटै युनिट सञ्चालनमा ल्याइएको थियो।
आगामी वर्षायाममा पूर्ण क्षमतामा निर्बाध विद्युत उत्पादन सुनिश्चित गर्न बाँकी मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यले आयोजना २०८३ जेठ २६ गतेदेखि असार १४ गतेसम्म अस्थायी रूपमा बन्द (पावर प्लान्ट सटडाउन) गरिएको थियो।
कम्पनीका अनुसार सो अवधिमा आवश्यक सम्पूर्ण मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि असार १५ गतेदेखि रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु गरिएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया