श्रीलङ्काले घटायो पेट्रोल–डिजेलको मूल्य, नेपालमा अझै मूल्य घटाउने निर्णय भएन
- BFIS News
- 2026 Jun 30 13:53
काठमाडौं । मध्यपूर्वमा तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत नेपाल आयल निगमले भने मूल्य समायोजनबारे कुनै निर्णय सार्वजनिक गरेको छैन।
श्रीलङ्काको सरकारी स्वामित्वको पेट्रोलियम कर्पोरेसनले मङ्गलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरेको जनाएको छ। यससँगै डिजेलमा करिब ६ प्रतिशत र पेट्रोलमा झण्डै ५ प्रतिशत मूल्य घटेको छ।
अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि मध्यपूर्व क्षेत्रमा युद्धको जोखिम घट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा ओरालो लागेको विश्लेषण गरिएको छ। ऊर्जा आपूर्तिमा अवरोध हुने जोखिम कम भएपछि विश्व बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ।
यसअघि मध्यपूर्वमा तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा बढाएको थियो। उच्च आयात लागतका कारण त्यहाँ विद्युत् महसुलसमेत वृद्धि गरिएको थियो।
नेपालमा भने भारतको इन्डियन आयल कर्पोरेसनबाट घटेको मूल्यसूची प्राप्त भए पनि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा छिट्टै मूल्य वृद्धि गर्ने तर घट्दा निर्णयमा ढिलाइ गर्ने प्रवृत्तिप्रति उपभोक्ता तथा सरोकारवालाले आलोचना गर्दै आएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)



प्रतिक्रिया