मुक्तिनाथ विकास बैंकद्धारा धनगढीमा विद्यार्थीहरुका लागि ल्याइएको मिड-डे मील कार्यक्रमलाई सहयोग
- BFIS News
- 2026 Jul 08 11:34
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड-डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
यस कार्यक्रम अन्तरगत आयोजक सामाजिक संस्थाले केन्द्रीकृत भान्सा (Centralized Kitchen) प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरुमा अध्ययनरत ५,००० विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ । विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पुऱ्याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया