सुन र चाँदी दुवै सस्तियो, सुन तोलामा २ हजार ८०० रुपैयाँले घट्यो
- BFIS News
- 2026 Jul 13 11:02
काठमाडौं । नेपाली बजारमा सोमबार (असार २९ गते) सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला दुई हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १०० रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् आइतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ। सोमबार दुवै बहुमूल्य धातुको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया