महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयमा शिशु स्याहार कक्ष तथा डे–केयर सञ्चालनमा ल्यायो
- BFIS News
- 2026 Aug 07 15:00
काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला कर्मचारीका लागि काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा शिशु स्याहार कक्ष तथा डे–केयर सेवा सञ्चालनमा ल्याएको छ।
विश्व स्तनपान सप्ताह २०२६ का अवसरमा बैंकले कार्यस्थलमै शिशु स्याहारसम्बन्धी सुविधा उपलब्ध गराएको हो।
बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, स्वच्छ, सहज र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त कक्ष सञ्चालनमा ल्याइएको हो। विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइन्छ।
शिशु स्याहार कक्ष तथा डे–केयरको उद्घाटन महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले गरेकी थिइन्।
बैंकले महिला कर्मचारीको नेतृत्व क्षमता विकास, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि, कार्यस्थलमा समान अवसर र समावेशी वातावरण निर्माण तथा महिला सशक्तीकरणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरम गठन गरेको जनाएको छ।
बैंकका अनुसार उक्त फोरम बैंकको ३२औँ वार्षिकोत्सवका अवसरमा स्थापना गरिएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया