NIMB Header 2
Prabhu Mahalaxmi

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

United Ajod
  • BFIS News
  • 2026 Jul 13 18:30
बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान
Sanima Reliance Life Insurance Company

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन सम्बन्धित सबैलाई आह्वान गरेको छ । 

Nepal Life
NIMB

बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानून, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरित कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासाहरु प्राप्त भइरहेको सन्दर्भमा प्राधिकरणले आज एक सूचना प्रकाशित गरी त्यस्तो आह्वान गरेको हो ।

यदि कुनै बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुखः दिएमा, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानून विपरित कार्य गरेको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारवाहीका लागि प्रमाणसहित उजूरी पेश गर्न सम्बन्धित सबै सरोकारवालालाई प्राधिकरणले सूचना मार्फत आह्वान गरेको छ ।

प्राधिकरणमा उजूरी पेश गर्दा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको व्यहोरा, बीमा दाबी नम्बर तथा बीमालेख नम्बर र पुष्टि हुने कागजात, फोटो, भिडियो वा अन्य प्रमाणहरु संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी, उजुरीकर्ताले प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष रुपमा उजुरी दर्ता गर्न सक्ने वा  इमेल [email protected], [email protected] वा हुलाक मार्फत प्राधिकरणको ठेगाना नेपाल बीमा प्राधिकरण, केन्द्रीय कार्यालय, ललितपुर म.न.पा. १०, कुपण्डोल, ललितपुरमा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ ।

प्राधिकरणमा प्राप्त हुने उजुरी तथा प्रमाणहरुको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानून बमोजिम अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार