Nepal Life

मर्जरमा नगइ अस्तित्व बचाएको एनएलसीले हकप्रदका लागि बोर्डमा दियो निवेदन, यसरी जुटाउदैछ साढे २ अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 20:25
मर्जरमा नगइ अस्तित्व बचाएको एनएलसीले हकप्रदका लागि बोर्डमा दियो निवेदन, यसरी जुटाउदैछ साढे २ अर्ब
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बोर्डमा अनुमति मागेको हो । कम्पनीले चुक्ता पूँजी एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँको ६६ प्रतिशत अर्थात ९६ करोड ३१ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ ।

NIMB

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन अझै ७ करोड ७६ लाख रुपैयाँ आवस्यक पर्छ । यो रकम कम्पनीले बोनस शेयर मार्फत जुटाउने योजना बनाएको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा २६ करोड रुपैयाँ रहेको छ । यहि रकमबाट लाभांश दिएर सहजै न्युनतम पूँजी जुटाउन सक्नेछ ।  

नेशनल लाइफको सहायक कम्पनीको रुपमा रहेको एनएलजीले मर्जरमा नगइ आफ्नो अस्तित्व जोगाउन सफल भएको छ । नेपाल बीमा प्राधिकरणले अन्य कम्पनीहरुलाई मर्जरका लागि दवाव दिदै गर्दा एनएलसी लगायत केहि कम्पनीलाई पनि हकप्रदका लागि बाटो खोलिदिएको छ । कम्पनीमा नेशनल लाइफकै ५० प्रतिशत हिस्सा रहेको छ त्यसमा पनि नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको २.५५ प्रतिशत सहित प्रमुख लगानी रहेको छ ।  

यसरी संस्थागत लगानीकर्ता रहेकाले पनि कम्पनीले हकप्रद शेयर निष्काशनका लागि जोड दिदै आएको थियो । नेशनल लाइफ एक्लैले कम्पनीको हकप्रद शेयरमा ४८ करोड १५ लाख रुपैयाँ लगानी गर्नु पर्नेछ । संस्थागत लगानीकर्ताको हिस्सा ठुलो रहेता पनि पब्लिक शेयरको हिस्सा भने ४९ प्रतिशत रहेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिए पछि मात्रै कम्पनीले शेयरधनीहरु सँग थप पूँजीको लागि आह्वान गर्न सक्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया