NIMB Header 2
Nepal Life

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह, ७९.७४ अंकको छलाङ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 17 16:14
नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा उत्साह, ७९.७४ अंकको छलाङ
IME LIFE

काठमाडौं, साउन १ — नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २,६७७.५४ विन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन नेप्से ७.५० अंकले बढेको थियो।

कारोबार सुरु हुँदा २,५९९.४३ विन्दुमा रहेको नेप्से दिनभर उतारचढावबीच २,६७७.६४ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २,५९८.२४ विन्दुसम्म झरेको थियो। अन्ततः बजार उच्च अंकमै बन्द भएको छ, जसले नयाँ आर्थिक वर्षप्रति लगानीकर्ताको सकारात्मक मनोविज्ञान झल्काएको छ।

Nepal Life
NIMB

यस दिन कुल ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ५८ हजार ९४ वटा कारोबार मार्फत खरिद–बिक्री भएका छन्। बजारको कुल पुँजीकरण ४४ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ८ अर्ब रुपैयाँ कायम भएको छ।

कारोबार रकमका आधारमा अंखु खोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) अग्रस्थानमा रह्यो। कम्पनीको २२ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबारपछि कम्पनीको शेयर मूल्य ३६३ रुपैयाँ मा कायम भएको छ।

मूल्य वृद्धितर्फ श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड (SAIL) सबैभन्दा अगाडि रहँदै १५ प्रतिशत ले बढेको छ। कम्पनीको अन्तिम कारोबार मूल्य ९६३.७० रुपैयाँ पुगेको छ।

यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB) को शेयर मूल्य १५ प्रतिशत ले घट्दै ६,१२० रुपैयाँ मा झरेको छ, जसले दिनको सबैभन्दा ठूलो गिरावट दर्ज गरेको छ।

क्षेत्रगत परिसूचकतर्फ उत्पादन तथा प्रशोधन (Manufacturing and Processing) समूह सबैभन्दा बढी ४.६० प्रतिशत ले बढेको छ। विपरीत, म्युचुअल फन्ड समूह ०.२९ प्रतिशत ले घट्दै एकमात्र कमजोर क्षेत्रका रूपमा देखिएको छ।

बजार विश्लेषकहरूका अनुसार नयाँ आर्थिक वर्षको पहिलो दिन नै देखिएको व्यापक वृद्धि, मौद्रिक नीतिप्रतिको सकारात्मक अपेक्षा, ब्याजदरमा आएको स्थिरता तथा लगानीकर्ताको मनोबलमा सुधारका कारण सम्भव भएको हो। पछिल्ला केही महिनादेखि सुधारको संकेत देखाइरहेको पूँजी बजारले नयाँ आर्थिक वर्षको सुरुवात उत्साहजनक ढंगले गरेकाले आगामी दिनमा बजारको दिशा नीति, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण तथा समष्टिगत आर्थिक सूचकहरूले निर्धारण गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया